नक्सलबारी अग्निकाण्ड स्थलको एसजेडीए चेयरम्यानले गरे निरीक्षण

सिलगढी : दुर्गा पुजाको मुखैमा नक्सलबारीमा भयावह आगलागी हुँदा धेरैवटा दोकानहरू जलेर खरानी भएपछि व्यवसायीहरू चिन्तित छन्। सिलगढी जलपाईगढी विकास पर्षद्का चेयरम्यान सौरभ चक्रवर्तीले आज अग्निकाण्ड स्थलको निरीक्षण गर्नको साथै अग्निपीडित दोकानेहरूसित पनि भेट गरे। यस अवसरमा सौरभ चक्रवर्तीले भने, कुनै योजनाबिनै उक्त मार्केट बसाइएको थियो। यहाँ पानीको व्यवस्था समेत छैन। आगामी दिनमा नक्सलबारी बजारलाई विकसित गर्ने साथै सबै प्रकारको सहयोग गर्ने तिनले आश्वासन दिए। यसबारे जिल्ला अधिकारी तथा प्रशासनसित चर्चा गर्ने तिनले बताए। अग्निपीडित व्यापारीहरूले यस बजारको जिम्मेवारी एसजेडीए-ले लिनुपर्ने माग गरे। चेयरम्यान सौरभ चक्रवर्तीले यसबारे चर्चा गर्ने व्यवसायीहरूलाई आश्वासन दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *