नक्सलबारी एसियन हाईवेमा बलुवा बोकेको ट्रक पल्टियो खाडलमा

नक्सलबारी : नक्सलबारी एसियन हाईवेमा बलुवा बोकेको ट्रक अनियन्त्रित भएर सडक नजिक खाडलमा पल्टियो। प्राप्त जानकारीअनुसार गुवाहाटीदेखि दुर्गापुर गइरहेको समय एउटा बलुवा बोकेको ट्रक नक्सलबारीको हात्तीघिसामा सडक नजिक खाडलमा पल्टियो। तथापि, घटनामा कसैलाई कुनै प्रकार क्षति नभएको बताइएको छ। वाहन चालक प्रेमलालले बताएअनुसार फलाम पुर्‍याएर गुवाहाटीदेखि फर्किरहेको समय वीरपाडाबाट बलुवा लोड गरेर आइरहेको समय नक्सलबारीको हात्तीघिसामा उक्त दुर्घटना भएको हो। उक्त ट्रकको चाबी लक भएपछि अनियन्त्रित भएर खाडलमा ट्रक पल्टिएको थाहा लागेको छ। तथापि, अवैध रूपमा बलुवा तस्करी गरिरहेको हो अथवा होइन भन्नेबारे पुलिसले जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *