नक्सलबारी बंगाल युवा शक्तिद्वारा छठ व्रतिहरूलाई गहुँ वितरण

नक्सलबारी : लोक आस्थाको महान् पर्व छठ पुजाको अवसरमा नक्सलबारी बंगाल युवा शक्तिको तर्फबाट आज छठ व्रतीहरूलाई गहुँ वितरण गरियो। यस अवसरमा बंगाल युवा शक्ति जिल्ला समन्वयक तथा नक्सलबाड़ी ग्राम पञ्चायत प्रधान अरुण घोष, फिल्ड युनिट मेम्बर विराज सरकार, वीरेन सरकार, सञ्चिता सरकार, सपन छेत्री, सत्यनारायण गोस्वामी, बिट्टु प्रसाद, कविता मण्डल लगायत अन्य उपस्थित थिए। जिल्ला समन्वयक तथा नक्सलबारी ग्राम पञ्चायत प्रधान अरुण घोषले छठ पुजा लोक आस्थाको महापर्व हो। क्षेत्रका सबै छठ व्रतिहरूलाई उक्त पर्व मनाउन कुनै प्रकारको असुविधा नहोस् भनेर नक्सलबारी बंगाल युवा शक्तिका सदस्य तत्पर रहेकोले आज नक्सलबारीमा एउटा कार्यक्रमको आयोजना गरेर छठ व्रतिहरूलाई गहुँ वितरण गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *