नक्सलबारी बंगाल युवा शक्तिद्वारा मिठु पाललाई सहयोग

नक्सलबारी : आर्थिक समस्यासित जुझिरहेका नक्सलबारी निवासी मिठु पालको सहयोग गर्न नक्सलबारी बंगाल युवा शक्ति अघि आएको छ। वीरेन सरकारले बताएअनुसार लकडाउन अवधि मिठु पालको सड़क दुर्घटना परेर एउटा हात भाँच्चिएपछि तिनी आर्थिक समस्यासित जुझिरहेका थिए। नक्सलबारी बंगाल युवा शक्तिले यसबारे जानकारी पाएपछि मिठु पालको घरमा पुगेर तिनलाई चामल, दाल आलु आदि खाद्य सामग्रीहरू सहयोग स्वरूप प्रदान गरेको बताइएको छ। यसको साथै पीड़ित मिठु पालको उपचार लगायत अन्य सहयोगको लागि उचित पहल गर्ने वीरेन सरकारले बताए। उक्त सहयोगको लागि मिठु पालले नक्सलबारी बंगाल युवा शक्तिप्रति आभार प्रकट गरे। यस अवसरमा नक्सलबारी बंगाल युवा शक्तिको सत्य नारायण गोस्वामी, कविता मण्डल, सपन छेत्री, वीरेन सरकार, पलाश सूत्रधार, बावन घोष लगायत अन्य मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *