नक्सलबारीबाट धेरै मात्रामा चोरी गरेको काठ उद्धार

नक्सलबारी : गोप्य सूचनाको आधारमा बाघडुग्रा वन विभागले नक्सलबारीको मेरिभ्यू चियाकमान इलाकाबाट धेरै मात्रामा चोरी गरेको काठ उद्धार गरेको छ। तथापि, उक्त घटनामा कसैलाई पनि पक्राउ नगरिएको बताइएको छ। बाघडुग्रा वन विभागका रेञ्जर समीरन राजको नेतृत्वमा वन कर्मीहरूले अभियान चलाएर 100 सीएफटी भन्दा अधिक चोरी गरेको काठ उद्धार गरेको छ। जफत गरेको काठको अनुमानिक बजार मूल्य लाखौँ रुपियाँ रहेको बताइएको छ। रेञ्जर समीरन राजले बताएअनुसार आर्थिक लाभको लागि जङ्गलबाट काठ चोरी गरिरहेको छ। तथापि, घटनास्थलबाट कसैलाई पनि पक्राउ नगरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *