नक्सलबारीबाट हात्तीको शावक उद्धार

नक्सलबारी (निसं): नक्सलबारीको भारत-नेपाल सिमाना झापू जोत इलाकाबाट वन विभागले एउटा हात्तीको शवक उद्धार गरेको छ। यसबारे खबर पाउन साथ टुकरियाझार अनि बाघडुग्रा वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर शावकलाई जालमा पक्रियो।  यसपछि उक्त हात्तीको शावकलाई उद्दार गरेर बाघडुग्रा हवाई अड्डास्थित टाइपु बीट कार्यालयमा पटाइएको छ। वन विभाग सूत्र अनुसार उक्त हात्तीको स्वास्थ्य जाँच गरेपछि बंगाल सफारी पार्कमा लगिने छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *