नक्सलबारी: नक्सलबारी ग्राम पञ्चायतको पहलमा नक्सलबारी बजारमा हाट सेडको सौन्दर्यीकरण तथा मरमति कार्यको आज सभाधिपति अरूण घोषले शिलान्यास गरे। उक्त कार्य 7 लाख 26 हजार रुपियाँको लागतमा गरिने भएको छ। यस अवसरमा नक्सलबारी पञ्चायत समितिका अध्यक्ष आनन्द घोष, नक्सलबारी ग्राम पञ्चायत प्रधान जयन्ती किरो, उप प्रधान विश्वजीत घोष, नक्सलबारी व्यवसायी समितिका सदस्य लगायत अन्य उपस्थित थिए। सिलगढी महकुमा परिषदका अध्यक्ष अरूण घोषले भने, व्यवसायीहरूलाई ध्यानमा राखेर उक्त कार्य गरिएको हो। यहाँ प्रत्येक शनिबारको दिन व्यवसायीहरूले व्यापार गर्ने गर्दछन्। आगामी दिनमा महकुमाको विभिन्न हाट सेडको मरमति गरिनेछ। हाट सेडको सौन्दर्यीकरण गरे व्यापार लगायत केही कार्यक्रमको लागि यसको उपयोग गर्न सकिन्छ।
North Bengal, Siliguri, Uncategorized
नक्सलबारी बजारमा हाट सेडको सौन्दर्यीकरण तथा मरमति कार्यको शिलान्यास
09
Feb
Feb