नक्सलबारी बीडीओ कार्यालय नजिक युवकको खूनले लथपथ भएको शव उद्धार

नक्सलबारी (निसं): नक्सलबारीको बीडीओ कार्यालय नजिक गत अबेर राति एकजना युवकको खूनले लथपथ भएको शव उद्धार भएपछि इलाकामा हो-हल्ला मच्चियो। मृतकको नाम तापस सरकार रहेको अनि तिनी नक्सलबारीकै सातभैया  इलाका निवासी रहेको बताइएको छ। प्राप्त जानकारी अनुसारमंगलवार अबेर राति पुलिसले सूचना पाएपछि घटनास्थलमा पुगेर खूनले लथपथ भएको अवस्थामा युवकलाई उठाएर नक्सलबारी अस्पतालमा पुऱ्याए, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। यसपछि  पुलिसले शवलाई पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पताल पठाइदिएको छ। पुलिसले आशंका गरे अनुसार सम्भवत वाहनको चपेटमा परेर उक्त युवकको मृत्यु भएको हुनसक्छ। तथापि पुलिसले घटनाको जाँच शुरू गरेको छ।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *