नक्सलबारी भाजपाको तर्फबाट प्रधानमन्त्री मोदीको 71औँ जन्मदिन पालन

नक्सलबारी: नक्सलबारी भाजपाको तर्फबाट आज प्रधानमन्त्री नरेन्द्र मोदीको 71औँ जयन्ती मनाइयो। प्रधानमन्त्रीको जन्म जयन्तीको अवसरमा दार्जिलिङका सांसद राजु बिष्ट अनि नक्सलबारी-मतिगढीका विधायक आनन्दमय बर्मनले नक्सलबारीको 6 वटा चिया कमानमा करमा पूजाको आयोजकहरूलाई चामल लगायत अन्य सामग्रीहरू वितरण गरियो।


यस अवसरमा सिलगढी जिल्ला भाजपाका महासचिव, जिला सचिव दिलीप बरुई एवम् मण्डल भाजपाका अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। यस सम्बन्धमा दिलीप बरुईले भने, आदिवासी समुदायको करमा पूजाको अवसरमा विभिन्न सामग्रीहरू वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *