नक्सलबारी ब्लक काङ्ग्रेसद्वारा गान्धी जयन्ती पालन

बाघडुग्रा:  नक्सलबारी ब्लक काङ्ग्रेसको तर्फबाट पनि आज महात्मा गान्धीजीको 152 औ जन्मदिन पालन गरियो। आज बाघडुग्रा बिहार मोडमा कङ्ग्रेसका सदस्यहरूले गान्धीको फोटोमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि चढाए। यस अवसरमा राज्य सभाका सांसद प्रदीप भट्टाचार्य, राज्य काङ्ग्रेसका कार्यवाहक अध्यक्ष तथा पूर्व विधायक शंकर मालाकार, ब्लक अध्यक्ष अमिताभ सरकार लगायत अन्य वरिष्ट पदाधिकारीहरू उपस्थित थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *