नक्सलबारी ब्लक 2 तृणमूल कङ्ग्रेसको तर्फबाट संवर्द्धना कार्यक्रम

सिलगढी : नक्सलबारी ब्लक 2 तृणमूल कङ्ग्रेसको तर्फबाट नक्सलबारी कम्युनिटी हलमा एउटा संवर्द्धना कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा तृणमूल कङ्ग्रेस दार्जिलिङ जिल्ला सभानेत्री पापिया घोष लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै पापिया घोषले नक्सलबारी महकुमा परिषद् अनि नगर चुनाउलाई केन्द्र गरेर पार्टीको गतिविधिलाई अझ अघि बढाएर लैजानुपर्ने बताइन्। यसको साथै तिनले विभिन्न क्षेत्र तथा विभागहरूमा भइरहेको भ्रष्टाचारलाई रोक्ने कड़ा सन्देश दिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *