नक्सलबारी ब्लकको जाबरा डिभिजनमा तीनदिने जय जोहार मेला शुरू

सिलगढी : राज्यको 15 वटा जिल्लामा 102 वटा आदिवासीहरू रहेको ब्लक लगायत नक्सलबारी ब्लकको जाबरा डिभिजनमा आजदेखि तीनदिने जय जोहार मेला शुरू भयो। तीन दिनव्यापी उक्त मेलामा राज्यका विभिन्न परियोजनाको स्टल लगाइनेछ। आज मेलाको उद्घाटन कार्यक्रममा आदिवासी विकास बोर्डको जिल्ला परियोजना अधिकारी अनाबिल दत्त, नक्सलबारीका बीडीओ अरिन्दम मण्डल, जोइन्ट बीडीओ अमित सरकार, मनिराम चार्ज अफिसर सैकत मुखर्जी लगायत अन्य उपस्थित थिए। तीन दिनसम्म चल्ने उक्त मेलामा विविध सांस्कृतिक कार्यक्रम तथा खेलकूदको आयोजना गरिने भएको छ। आज मेलाको माध्यमद्वारा 7 जनालाई जातिगत प्रमाणपत्र प्रदान गरियो। आदिवासी समाजको विकासको उद्देश्य लिएर उक्त मेलाको आयोजना गरिएको परियोजना अधिकारी अनाबिल दत्तले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *