नक्सलबारी व्यवसाय समितिद्वारा विभिन्न मागको समर्थनमा हस्ताक्षर अभियान

नक्सलबारी: नक्सलबारी व्यवसाय समितिको तर्फबाट विभिन्न मागलाई लिएर आज हस्ताक्षर अभियान चलाइयो। यसबारे जानकारी दिँदै नक्सलबारी व्यवसाय समितिका उपाध्यक्ष दिलीप बारोईले बताए अनुसार विभिन्न मागलाई लिएर  राज्यको मुख्यमन्त्रीलाई पठाउनको लागि ज्ञापन तयार गरिएकोले हस्ताक्षार अभियान गरियो। ज्ञापनको माध्यमद्वारा डीआई फन्डको भूमिलाई पश्चिम बंगाल सरकार अन्तर्गत एल एन्ड एलआरओ विभागमा हस्तान्तरित गर्ने माग गरिने छ किनभने यसले गर्दा मानिसहरूलाई विकास कार्यमा धेरै बाधा भइरहेको बताइएको छ। यसको साथै अन्य विविध मागलाई लिएर हस्ताक्षार पछि उक्त ज्ञापन पत्र दार्जिलिङका डीएम मार्फत मुख्यमन्त्रीलाई पठाइने भएको छ।  हस्ताक्षर अभियान अवधि व्यवसाय समितिका अध्यक्ष निखिल घोष, उपाध्यक्ष दिलीप बारोई, महासचिव धर्मेन्द्र पाठक, राधा गोबिन्दो घोष आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *