नक्सलबारी क्षेत्रमा 90 परिवार तृणमूल कङ्ग्रेसमा सामेल

नक्सलबारी: नक्सलबारी ब्लकको मणिराम अञ्चलको उत्तर दयाराम सन्तोषी मन्दिर मैदानमा तृणमूल कङ्ग्रेसको एउटा कर्यक्रमबीच विभिन्न पार्टी छोडेर 90 परिवार तृणमूल कङ्ग्रेस पार्टीमा सामेल भएका छन्। ती पार्टीमा सामेल हुने सदस्यहरूलाई पार्टीको झण्डा प्रदान गरेर स्वागत जनाइयो। यस अवसरमा तृणमूल कङ्ग्रेस पार्टी जिल्ला उपाध्यक्ष अमर सिन्हा, ब्लक अध्यक्ष पृथविस राय, अञ्चल अध्यक्ष भानु बर्मन, सजनी सुब्बा सहित अन्य कार्यकर्ताहरू उपस्थित थिए। तृणमूल कङ्ग्रेस पार्टी जिल्ला उपाध्यक्ष अमर सिन्हाले बताए अनुसार भाजपाको केन्द्र सरकारले केवल झुटो वाचा मात्र गरिरहेको छ भने ममता ब्यानर्जीको नेतृत्वमा राज्य सरकारले जनहितमा कार्यहरू गरिरहेको छ। यसैले अब जनताको भाजपाप्रति मोह भङ्ग भएर तृणमूल पार्टीलाई अझ अधिक मजबुत बनाउने विचार गर्न थालेको तिनले दावी गरेका छन्। तिनले दिएको जानकारी अनुसार विभिन्न स्थानका मोठ 90 परिवार तृणमूल कङ्ग्रेस पार्टीमा सामेल भएपछि तिनीहरूलाई स्वागत जनाएर पार्टीको झण्डा प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *