नक्सलबारी दमकल विभागको तर्फबाट फायर सेफ्टीबारे सचेतनता शिविरको आयोजना

पानीट्याङ्की दमकल विभागको तर्फबाट फायर सेफ्टीबारे एउटा सचेतनता शिविरको आयोजना गरियो। नक्सलबारी दमकल विभागको तर्फबाट आज भारत-नेपाल सिमानाको पानीट्याङ्की बजारमा फायर सेफ्टीबारे सचेतनता शिविरको आयोजना गरियो। उक्त शिविरको माध्यमद्वारा पानीट्याङ्की बजारका सबै व्यवसायी तथा स्थानीय मानिसहरूलाई आगोलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा डेमोमार्फत् जानकारी गराइयो। यस अवसरमा नक्सलबारी दमकल विभागका इन्चार्ज सुधीर टोप्पो लगायत दमकल विभागका अन्य कर्मचारी तथा स्थानीय मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *