नक्सलबारी घटनाको मृतक परिवार एवं प्रभावित परिवारलाई आर्थिक सहायता प्रदान

नक्सलबारी (निसं): नक्सलबारीको हात्तीघिसा मुरीबस्तीमा एकजना व्यक्तिको हत्या पछि देखा परेको भयावह परिस्थिति बीच हिज बिहिबार सिलगढीका मेयर गौतम देव लगायत अन्य शिर्ष अधिकारीहरूले मृतकको परिवार अनि प्रभावित परिवारका सदस्यहरूलाई भेट गरेपछि तिनीहरूलाई आर्थिक सहायता प्रदान गरेको छ। आज मेयर गौतम देवले सिलगढी महकुमा परिषदको पहलमा हात्तीघिसा ग्राम पञ्चायत अन्तर्गत मृतकको परिवारलाई 25 हजार रुपियाँ प्रदान गरे। यसको साथै 46 प्रभावित परिवारका सदस्यहरूलाई पनि आर्थिक सहायता प्रदान गरे। मेयर गौतम देव, सभाधिपति अरूण घोष, नक्सलबारीका बीडीओ अरिन्दम मण्डल अनि महकुमा परिषद नक्सलबारी पञ्चायत समिति र हात्तीघिसा ग्राम पञ्चायतका सदस्यहरूले सबैभन्दा अधिक प्रभावित परिवारलाई 25 हजार,15 हजार अनि 10 हजार रूपियाँको चेक सुम्पिए। यस सम्बन्धमा गौतम देवले भने, मृतकको परिवार अनि प्रभावित परिवारलाई चेक प्रदान गरियो। यो सहायता प्राथमिक चरणमा प्रदान गरिएको हो। यस वाहेक, इलाकामा कम्युनिटी किचन पनि चलिरहेको छ। महकुमा परिषद वाहेक नगर निगमको तर्फबाट पनि इलाकाको मानिसहरूलाई सहयोग गरिँदैछ। मृतकको पत्नीलाई विधुवा भत्ता लगायत अन्य सबै प्रकारको सहायता दिइने छौ। यसको साथै प्रभावित परिवारहरूलाई पनि सहायता प्रदान गर्नेछौ। शान्ति स्थापित गर्नका लागि चाँडै इलाकामा एउटा बैठक गरिने पनि मेयरले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *