नक्सलबारी ग्रामीण अस्पतालको महिला वार्डमा चोरी

नक्सलबारी : नक्सलबारी ग्रामीण अस्पतालको महिला वार्डबाट केही दुष्कृतिहरूले आज बिहानै उपचाराधीन अवस्थामा रहेका 4 जना रोगीको ब्यागबाट 4 वटा मोबाइल लगायत हजारौँ रुपियाँ चोरी गरेको घटना प्रकाशमा आएको छ। घटनापछि नक्सलबारी थानामा मौखिक अभियोग दर्ता गरेको छ। यस प्रकारको चोरीको घटना पहिला पनि भइसकेको उपचाराधीन रोगीहरूले बताए। तिनीहरूको आरोप अनुसार रातिको समयमा अस्पतालमा गार्ड बस्ने नगरेको साथै अस्पतालमा सीसीटीभी क्यामारा भए तापनि हालसम्म कुनै कार्वाही गरेको छैन। अर्कोतिर, अस्पताल प्रबन्धनले सीसीटीभी क्यामाराको फुटेज हेरेर मामिलाको जाँच गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *