नक्सलबारी ग्रामीण अस्पतालको मुख्य द्वार अघि पानी जमेकोले समस्या

नक्सलबारी : नक्सलबारी ग्रामीण अस्पतालको मुख्य द्वार अघि पानी जमेकोले गर्दा मानिसहरूलाई आवतजावत गर्नमा निक्कै असुविधा भइरहेको छ। यसको साथै रोगी तथा रोगीको परिवारका सदस्यहरूले समस्याको सामना गर्न परिरहेको छ। निकासी व्यवस्था नभएकोले वर्षाको पानीको अस्पतालको मुख्य गेट नजिक पानी जम्ने गरेकोले रोगी लगायत अन्य मानिसहरूलाई निक्कै असुविधा हुने गर्दछ। सम्बन्धित विभागलाई जल निकासीलाई लिएर उचित पहल गरिदिने मानिसहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *