नक्सलबारीको 4 वटा स्कुलको समष्टि विकास अधिकारीद्वारा निरीक्षण

सिलगढी : विद्यालयको बुनियादी ढाँचा लगायत कोरोना सम्बन्धी नियमहरूलाई पालन गर्दै शिक्षण प्रक्रिया के–कस्तो प्रकारले चलाउँदै भन्ने जानकारी लिनको लागि आज नक्सलबारी समष्टि विकासका अधिकारी अरिन्दम मण्डलले यहाँको चारवटा विद्यालयको निरीक्षण गरे। निरीक्षण अवधि तिनले आज नक्सलबारीको नन्द प्रसाद उच्च माध्यमिक विद्यालय, नन्द प्रसाद बालिका विद्यालय, बेलगाछी विद्यालय, नक्सलबारी उच्च माध्यमिक नेपाली स्कुलका शिक्षक-शिक्षिकाहरूसित स्कुलको विविध विषयमा कुराकानी गर्दै स्कुलको बुनियादी ढाँचा सम्बन्धी सरकारद्वारा प्रदान कोषको उपयोगबारेमा पनि जानकारी लिए। प्राप्त जानकारी अनुसार राज्य सरकारको निर्देशमा हालै नवौँदेखि बाह्रौँ श्रेणीसम्मका विद्यार्थीहरूको लागि स्कुलहरू खोलिएकोले गर्दा ती स्कुलहरूमा सरकारद्वार निर्देशित कोरोनाको प्रोटोकललाई पालन गरेको छ अथवा छैन भन्ने विषयमा जाँच गर्नको लागि आज नक्सलबारी समष्टि विकासका अधिकारी अरिन्दम मण्डलले नक्सलबारीको 4 वटा स्कुलको निरीक्षण गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *