नक्सलबारीको आवासीय इलाकामा अजिङ्गर उद्धार

नक्सलबारी : नक्सलबारी ब्लकको मनिराम इलाकाको कालुआ जोतमा अजिङ्गर उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार केही दिनदेखि उक्त इलाकामा अजिङ्गर देखापरेपछि स्थानीय मानिसहरू आतङ्कित बन्न पुगेका थिए। उक्त इलाकामा आज अजिङ्गर देखापरेपछि स्थानीय मानिसहरूले वन विभागलाई खबर दिएपछि नक्सलबारी टुकरिया वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर उक्त अजिङ्गर उद्धार गरेको बताइएको छ। 6-7 फुट लामो उक्त अजिङ्गर जङ्गलमा छोडिदिने वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.