नक्सलबारीको भारत-नेपाल सीमामा गाई-गोरू सहित युवक पक्राउ

नक्सलबारी : नक्सलबारीको भारत-नेपाल सीमामा गाई-गोरू सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेका युवक नक्सलबारीको रामजोत इलाका निवासी 19 वर्षीय नजरूल इस्लामको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति एसएसबी-का जवानहरूले भारत-नेपाल सीमामा गाई-गोरू सहित उक्त युवकलाई पक्राउ गरेपछि नक्सलबारी पुलिसलाई सुम्पिदिए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *