नक्सलबारीको भारत-नेपाल सिमानाबाट गाई-गोरू सहित एकजना पक्राउ

नक्सलबारी : तस्करी गर्न अगावै नक्सलबारीको भारत-नेपाल सिमानाको मेची नदी संलग्न इलाकाबाट 3 वटा गाई-गोरू सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक मान्झा चियाकमान निवासी पैकास कुजूरको रूपमा चिन्हित गरिएको छ। नेपालबाट भारतमा गाई-गोरू ल्याइरहेको समय एसएसबी 8 नम्बर बटालियनका जवानहरूले पैकास कुजूरलाई पक्राउ गरेपछि नक्सलबारी पुलिसलाई सुम्पिदिएको छ। उक्त घटनामा अन्य संलग्न रहेको हुनसक्ने आशंकामा पुलिसले छानबीन शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *