नक्सलबारीको भारत-नेपाल सिमानाबाट 5 वटा गाई-गोरू सहित युवक पक्राउ

नक्सलबारी:  नक्सलबारीको भारत-नेपाल सिमानाबाट 5 वटा गाई-गोरू सहित 1 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। सीमा पार गरिरहेको समय एसएसबीका जवानहरूले गाई-गोरू सहित युवकलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका युवकको नाम करण कुमार तामाङ बताइएको छ। तिनी नक्सलबारीको किलारामजोत निवासी हुन्। एसएसबी 8औँ बटालियनको नयाँबस्तीका जवानहरूले सिमानाबाट गाई-गोरू पार गरिरहेको समय उक्त युवकलाई पक्राउ गरेपछि नक्सलबारी थाना पुलिसलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *