नक्सलबारीको एउटा गोदाममा आगलागी हुँदा समान जलेर खरानी

नक्सलबारी : नक्सलबारीको एउटा इलेक्ट्रोनिक सामग्रीको गोदाममा आगलागीको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार नक्सलबारी बस स्ट्यान्ड संलग्न तृणमूल दलीय कार्यालयको पछिल्तिर रहेको एउटा इलेक्ट्रोनिक सामग्रीको गोदामबाट स्थानीय मानिसहरूले धुवाँ निस्केको देखेपछि घटनाबारे दमकल विभागलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी दमकल विभागको एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त आगलागीमा गोदामभित्र रहेको टीभी, फ्यान, फ्रिज लगायत विभिन्न इलेक्ट्रोनिक सर-समानहरू जलेर खरानी भएको बताइएको छ। के-कारणले गर्दा उक्त आगलागी भयो भन्ने विषयमा नक्सलबारी थाना पुलिसले जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *