नक्सलबारीको लालपुल इलाकाबाट पेन्गोलिन उद्धार

नक्सलबारी : नक्सलबारीको लालपुल इलाकाबाट पेन्गोलिन उद्धार भएको छ। प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरू आज खेतीमा काम गरिरहेको समय पेन्गोलिन देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर उक्त पेन्गोलिन उद्धार गरेर लगेको बताइएको छ। उद्धार गरेको पेन्गोलिनको स्वास्थ्य जाँच गरेपछि जङ्गलमा छोडिदिने वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *