नक्सलबारीको रघुजोतमा हात्तीको ताण्डव, भागयले बाँचे एउटा परिवार

नक्सलबारी : नक्सलबारीको विभिन्न ठाउँहरूमा हात्तीको ताण्डवले इलाकावासीहरू आतङ्कित बन्न पुगेका छन्। नक्सलबारीको रघुजोतको एउटा घरमा हात्तीले हमला गर्दा परिवारका सदस्यहरू भाग्यले बाँचे। प्राप्त जानकारीअनुसार गत राति लगभग 1 बजी 40-50 वटा हात्तीको एउटा झुण्डले नक्सलबारी संलग्न खरीबारीको विभिन्न इलाकामा ताण्डव मच्चायो। यसपछि उक्त हात्तीको झुण्ड रघुजोत निवासी दुलाल बर्मनको घरमा ताण्डव मच्चाएर तिनको घर लगायत सर-समानहरू भत्काइदिनको साथै घरमा राखेको खाद्य सामग्रीहरू पनि खाइदिएको बताइएको छ। यसको साथै धानको खेती पनि नष्ट गरिदिएको छ। सुनीता बर्मनले बताएअनुसार गत राति 40 वटा हात्तीको झुण्ड घरमा आएपछि आफूहरू त्यहाँ भागे। हात्तीले ताण्डव मच्चाएर घर भत्काइदिएपछि रातभरि खुल्ला आकासमुनि बस्न बाध्य हुन परेको तिनले बताए। वन विभागको तर्फबाट पनि कुनै प्रकारको सहयोग नपाएको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *