नक्सलबारीको रथखोला क्षेत्रमा सेनिटाइज

नक्सलबारी: नक्सलबारी रथखोला इलाकामा कोरोनाको संक्रमणबाट बाँच्नको लागि आज अन्तर्राष्ट्रीय मानवाधिकार एवम् अपराध नियन्त्रण संगठनको तर्फबाट हेल्प सोसाइटी अफ् फराबारीको सहयोगमा सेनिटाइज गरियो। अन्तर्राष्ट्रीय मानवाधिकार एवम् अपराध नियन्त्रण सङ्गठनका अध्यक्ष सोमा सरकारले बताए अनुसार बढ्दो कोरोनाको संक्रमणलाई शहर तथा गाउँमा रोक्नको लागि प्रयास गरिरहेकोले गर्दा हाल विभिन्न ठाउँहरूमा सङ्गठनको तर्फबाट सेनिटाइज गरिने कार्य भइरहेको छ। यसै क्रममा नक्सलबारी रथखोला इलाकामा पनि आज सेनिटाइज गरियो। आगामी दिनहरूमा पनि यस प्रकारको कार्य जारी रहने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *