नक्सलबारीको स्टेशनपाड़ा कन्टेनमेन्ट जोनमा खाद्य सामग्री वितरण 

नक्सलबारी : नक्सलबारी ग्राम पञ्चायतको तर्फबाट आज स्टेशनपाड़ा कन्टेनमेन्ट जोनमा खाद्य सामग्रीहरू वितरण गरियो। उक्त कन्टेनमेन्ट जोनमा बस्ने लगभग 23 परिवारलाई आज खाद्य सामग्रीहरू वितरण गरियो। नक्सलबारी ग्राम पञ्चायत प्रधान अरुण घोषले बताएअनुसार माछा व्यवसायीका एकजना आफन्त कोरोना संक्रमित रहेको पुष्टि भएपछि स्टेशनपाड़ालाई कन्टेनमेन्ट जोन घोषित गरेको थियो। यस कन्टेनमेन्ट जोनमा बस्ने 23 परिवारलाई खाद्य संकट उत्पन्न नहोस् भन्ने उद्देश्यले आज तिनीहरूलाई खाद्य सामग्रीहरू वितरण गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *