नक्सलबारीको सुब्रती संघको खुट्टी पूजासँगै दुर्गोत्सवको तयारी  शुरू

नक्सलबारी (निसं):  गुरु पूर्णिमाको दिन आज नक्सलबारीको सुब्रती संघले खुट्टी पूजाको माध्यमद्वारा  दुर्गोत्सवको तयारी शुरू गरेको छ। आज क्लब परिसरमा खुट्टी पूजाको आयोजना गरियो। यस वर्ष सुब्रती संघको पूजा 70औ वर्षमा प्रवेश गर्नेछ। यस वर्षको पूजाको प्रमुख आकर्षण कलशको आकारमा मण्डप सजाइने छ भने नारियलको डोरीले बनाएको कुमार टोलीको मूर्ति रहने छ। पूजा कमिटीका अध्यक्ष बिराज सरकारले दिएको जानकारी अनुसार यसपल्ट सुब्रती संघको पूजाले केवल नक्सलबारीको मात्र नभएर अन्य विभिन्न ठाउँहरूबाट आउने श्रद्धालुहरूको पनि ध्यान आकर्षित गर्नेछ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *