नक्सलबारीको युवराज मिश्रा युक्रेनबाट सकुशल फर्किआए स्वदेश

नक्सलबारी युक्रेनमा फँसेका नक्सलबारीको प्रथम वर्षको मेडिकल छात्र युवराज मिश्रा सकुशल आफ्नो घर फर्किआएका छन्। युवराज  मिश्रा लगभग 27 किलोमीटर बसमार्फत् हङ्गरी  आएपछि विमानमार्फत् बुडापेस्टबाट दिल्ली हुँदै आज बाघडुग्रा हवाईअड्डामा आइपुगे। आफू सकुशल घर फर्किआएपछि तिनले सहयोगको लागि भारतीय दूतावासलाई धन्यवाद दिए। सिलगढी महकुमा शासक र परिवारका सदस्यहरूले तिनलाई हवाई अड्डामा स्वागत जनाए। अर्कोतिर, युक्रेनबाट छोरा सकुशल घर फर्किआएकोमा परिवारका सदस्यहरू निक्कै खुसी थिए। हवाई अड्डामा पत्रकारहरूसित कुराकानी गर्दै युवराज भने, भारतीय दूतावासले हालसम्म अन्य विश्वविद्यालयका विद्यार्थीहरूसित सम्पर्क गर्न सकेका छैनन्। युवराजले युक्रेनमा फँसेका सबै विद्यार्थीहरूलाई चाँडै सकुशल फर्काई ल्याउने भारतीय दूतावासलाई अपील गरे। यस अवसरमा सिलगढी महकुमा शासक श्रीनिवास वेङ्कट राव पाटिलले भने, राज्यको रेजिडेन्ट कमिश्नर युवराजको सम्पर्कमा थियो। राज्य सरकारले नै युवराजलाई दिल्लीदेखि बाघडुग्रा फर्किने व्यवस्था गरिदिएको बताउँदै तिनले युक्रेनमा अझ कतिजना विद्यार्थीहरू फँसेका छन् भन्ने बारे हाल जानकारी नभएको तिनले जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *