नक्सलबारीमा निजी रिसोर्टको फलाम गेटमा चेप्टिएर एकजना व्याक्तिको रहस्यमय मृत्यु, जाँचमा जुट्यो पुलिस

नक्सलबारी, 7 नोभेम्बर: नक्सलबारी ब्लकको हात्तीघिसा वीरसिंग जोतमा एउटा निजी रिसोर्टको फलामको गेटमा चेप्टिएर एकजना व्याक्तिको रहस्यमय मृत्यु भएको छ। उक्त घटना पछि इलाकामा सनसनी मच्चिएको छ। प्राप्त जानकारी अनुसार, बुधबार राति उक्त व्याक्तिको मृतदेह फेला पारिएको हो। मृतकको नाम सूरज लामा थियो। उनी शिवखोला गाउँ निवासी थिए।
सूरजले तीन महिनादेखि उक्त रिसोर्टमा कूकको काम गरिरहेका थिए। बुधबार राति फलामको गेट शरीरमाथि चेप्टिएर घटनास्थलमैं उनको मृत्यु भएको बताइएको छ। अर्कोतिर, मृतकको परिवारले आरोप लगाए अनुसार सूरजलाई योजनाबद्ध तरिकाले हत्या गरिएको हो। मृतकको ससुराले उक्त घटनामा केही व्यक्तिहरू संलग्न रहेको आरोप लगाएका छन्।
रिसोर्टका मालिकले भने, “मैले खाना खाइरहेका बेला फलामको गेटमा चेप्टिएको अवस्थामा सूरजलाई देखे। घटनास्थलमैं उनको मृत्यु भएको थियो।”
घटनाको जानकारी पाएपछि नक्सलबारी पुलिसलाई सूचित गरेपछि पुलिस घटना स्थलमा पुगेर शवलाई उद्धार गर्नको साथै मृतकको शवलाई पोस्टमर्टमको लागि अस्पताल पठाइएको छ। यसको साथै पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ। घटनास्थलमा अहिले पुलिसको सुरक्षा व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes