नक्सलबारीमा विविध कार्यक्रमको साथ विश्व दिव्याङ्ग दिवस पालन

नक्सलबारी, 3 दिसम्बरः 27औं विश्व दिव्याङ्ग दिवस नक्सलबारी ह्याण्डिक्याप वेलफेयर सोसाइटीले मनायो।
उक्त दिन, नक्सलबारीमा एउटा शोभायात्राको आयोजना पनि गरियो। उक्त शोभायात्रामा सचेतनामूलक सन्देश दिइयो। त्यसपछि सोसाइटीद्वारा आयोजित स्वास्थ्य जाँच शिविर अनि चित्रकला प्रतियोगिताको आयोजना गरियो।
उक्त कार्यक्रममा नक्सलबारी पञ्चायत समितिका अध्यक्ष आनन्द घोष, नक्सलबारीका पूर्व विधायक शंकर मलाकार, सोसाइटीका अध्यक्ष गणेश चन्द्र डे, प्रधान जयन्ती कीरो लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।
सोसाइटीका सह अध्यक्ष विश्वजीत बसुले बताए अनुसार, शोभायात्रा र विभिन्न कार्यक्रमहरूको माध्यमबाट यो दिवस मनाइँदै आइरहेको छ। विशेष आवश्यकता भएका दाजु-बहिनीहरूले कार्यक्रमहरूमा भाग लिएका थिए।
अर्कोतिर, नक्सलबारी पञ्चायत समितिका अध्यक्षले भने, “सोसाइटीले जे सहयोग मागेको थियो, त्यो गरिएको छ। आगामी दिनहरूमा पनि हामी सोसाइटीको साथमा रहनेछौं।” यस अवसरमा राज्य सरकारका विविध योजनाहरूको लाभ बारेमा पनि सबैलाई जानकारी गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet girişbetist