नक्सलबारीमा 180 ग्राम ब्राउन शुगरसहित तस्कर पक्राउ

नक्सलबारी, 25 दिसम्बर (निसं): एसएसबीको 41औं बटालियनका जवानहरूले मादक पदार्थ तस्कर गर्न अगावै एकजना युवकलाई पक्राउ गरेका छन्। प्राप्त जानकारी अनुसार नक्सलबारीको रथखोला क्षेत्रबाट मादक पदार्थ तस्करी भइरहेको सूचना प्राप्त भएपछि एसएसबी-को 41औं बटालियनका जवानहरू घटनास्थलमा पुगेर युवकलाई पक्राउ गरे। यसपछि तिनलाई जाँच गर्दा 180 ग्राम ब्राउन शुगर उद्धार गरे। आरोपीको नाम मोहम्मद इदुल हो। उनी नक्सलबारीको तोताराम जोतमा बसोबास गर्दै आइरहेका छन्। आरोपीलाई यसपछि नक्सलबारी पुलिसको जिम्मामा सुम्पिदिए पछि आज सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *