नक्सलबारीमा आगलागी हुँदा दुईवटा दोकान जलेर खरानी

नक्सलबारी : नक्सलबारी बजारको चौरङ्गीमोड़मा आगलागी हुँदा दुईवटा दोकान जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान लगभग तीन बजे  नक्सलबारी बजारको चौरङ्गीमोड़ स्थित एउटा दोकानमा आगो लाग्दा यसको चपेटमा परेर नजिकैको एउटा मिठाई दोकान पनि जलेर खरानी भएको छ।


घटनाबारे अग्निशमन विभागलाई खबर दिएपछि दमकलको 3 वटा इञ्जिन घटनास्थलमा पुगेर धेरै समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याए तापनि दुईवटै दोकान जलेर भष्म भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *