नक्सलबारीमा आगलागी हुँदा 3 वटा दोकान क्षतिग्रस्त

नक्सलबारी: नक्सलबारीको मुर्गीहाटीमा आगलागी हुँदा 3 वटा दोकान क्षतिग्रस्त भएको छ। प्राप्त जानकारी अनुसार सर्वप्रथम एटा पान दोकानमा आगो लागेपछि छेवैको 2 वटा दोकान पनि आगोको चपेटमा परेर क्षतिग्रस्त बनेको बताइएको छ। स्थानीय मानिसहरूले दोकानमा आगो लागेको देखेपछि आगो निभाउने प्रयास गरे। यसपछि नक्सलबारी दमकलको 2 वटा इञ्जिन र मतिगढाबाट एउटा इञ्जिन घटनास्थलमा पुगेर लगभग 45 मिनटको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। आगलागीमा 3 वटा दोकान क्षतिग्रस्त बनेको बताइएको छ। घटनाको खबर पाएर सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष घटनास्थलमा पुगेर अग्निपीडित व्यवसायीहरूको साथ रहने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *