नक्सलबारीमा आजदेखि पाडाय शिक्षालय शुरू

नक्सलबारी : राज्यको विभिन्न ठाउँहरूमा झैँ यता नक्सलबारीमा पनि पाडाय शिक्षालय आजदेखि शुरू गरियो। मुख्यमन्त्रीको निर्देश अनुसार आजदेखि पाँचौँ, छैटौँ र सातौँ श्रेणीका विद्यार्थीहरूको लागि नक्सलबारीको नन्द प्रसाद उच्च माध्यमिक विद्यालयमा पाडाय शिक्षालय शुरू गरियो। वर्षाले गर्दा खालपाडा मैदानको बद्ली स्कुलको मिड डे मिल-को शेडमुनि सबै विद्यार्थीहरूले मास्क लगाएर सामाजिक दूरी पालन गर्दै पाडाय शिक्षालय शुरू गरिएको बताइएको छ। धेरै दिनपछि आजदेखि क्लास शुरू भएकोमा विद्यार्थी लगायत शिक्षक-शिक्षिकाहरू निक्कै खुसी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *