नक्सलबारीमा आवश्यकमन्दहरूलाई खाद्य सामग्री वितरण

नक्सलबारी : अखिल भारतीय सफाई मजदुर कङ्ग्रेसको तर्फबाट आज नक्सलबारी आदिवासी मैदानमा एउटा कार्यक्रमको माध्यमद्वारा आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्री वितरण गरियो। अखिल भारतीय सफाई मजदुर कङ्ग्रेस नक्सलबारी खण्ड अध्यक्ष रञ्जीत बास्फोरले कोरोना कालमा दैनिक मजदुर गरेर जीविका चलाउने मानिसहरूलाई धेरै समस्या भइरहेकोले गर्दा आज केही आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्री वितरण गरेको बताए। यस अवसरमा स्थानीय गौतम घोष, राधागोविन्द घोष, अखिल भारतीय सफाई मजदुर कङ्ग्रेसको बंगाल राज्य सचिव दिलीप कुमार मल्लिक, शहाबुद्दीन, नक्सलबारी खण्ड अध्यक्ष रञ्जीत बास्फोर लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *