नक्सलबारीमा आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्री वितरण

नक्सलबारी: कोरोना महामारीले गर्दा विपन्न परिवारका मानिसहरूलाई खाद्यको समस्या देखा परेकोले रामकृष्ण मिशन निवेदिता एडुकेशन एन्ड कल्चरल इन्स्टीट्यूट राइभिला दार्जिलिङको तर्फबाट श्री रामकृष्ण आश्रम नक्सलबारीको  सहयोगमा स्थानीय मानिसहरूलाई खाद्य सामग्रीहरू वितरण गरियो। रामकृष्ण मिशन निवेदिता एडुकेशन एन्ड कल्चरल इन्स्टीट्यूट राइभिला दार्जिलिङका अध्यक्ष स्वामी महातपानन्दजी महाराजको उपस्थितिमा लगभग 50 जना आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्रीहरू वितरण गरियो। यसै खाद्य वितरण कार्यक्रम अन्तर्गत नक्सलबारीको अन्य टाउँहरूमा पनि 150 जना आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्रीहरू वितरण गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *