नक्सलबारीमा अज्ञात व्यक्तिको शव उद्धार

नक्सलबारी : नक्सलबारीको लालजी जोत इलाकामा अज्ञात व्यक्तिको शव उद्धार भएको छ। स्थानीय मानिसहरूले आज बिहान अज्ञात व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। मृतक व्यक्ति नेपालको नागरिक हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *