नक्सलबारीमा अज्ञात महिलाको शव उद्धार

नक्सलबारी : नक्सलबारीको तोतारामजोत संलग्न इलाकाबाट अज्ञात महिलाको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले आज महिलाको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। अस्वस्थ्यता तथा वृृद्धावस्थाको कारण उक्त महिलाको मृत्यु भएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। तथापि, हालसम्म मृतक महिलाको परिचय जुटाउन नसकेको बताइएको छ। पुलिसले घटनाको जाँच सुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *