नक्सलबारीमा अन्य पार्टी छोडेर धेरै परिवार तृणमूलमा सामेल

नक्सलबारी : नक्सलबारी खण्ड अन्तर्गत मनीराम अञ्चलको ढकना कोलनी बुथ नम्बर 25/25-मा एउटा कार्यक्रमबीच अन्य पार्टी छोड़ेर धेरै परिवार तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। सामेलहुनेहरू सबैलाई दलीय झण्डा प्रदान गरे पार्टीमा स्वागत जनाइयो। नक्सलबारी खण्ड 2 अध्यक्ष पृथविस रायले बताएअनुसार राज्य सरकारद्वारा जनहितको लागि गरिरहेको कार्यबाट प्रभावित भएर ढकना कोलनीका लगभग 25 परिवार तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। यस अवसरमा तृणमूल कङ्ग्रेस पार्टी नक्सलबारी खण्ड 2 अध्यक्ष पृथविस राय, सुनील घोष, भानु बर्मन, विकास बर्मन, सुभाष राय लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *