नक्सलबारीमा अवैध रूपमा बलुवा बोकेको 2 वटा ट्र्याक्टर जफत

नक्सलबारी : नक्सलबारी थाना पुलिसले अवैध रूपमा बलुवा बोकेको 2 वटा ट्र्याक्टर जफत गरेको छ। नक्सलबारी थाना पुलिसले अटल संलग्न चेङ्गा नदीबाट बलुवा तस्करी गर्न अगावै 2 वटा ट्र्याक्टर जफत गरेको छ भने चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले जफत गरेको 2 वटा ट्र्याक्टर आफ्नो नियन्त्रणमा लिएर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *