नक्सलबारीमा अवैध रूपमा ढुङ्गा बोकेको 2 वटा ट्र्याक्टर जफत

नक्सलबारी: नक्सलबारी थाना पुलिसले अवैध तथा ओभरलोडिङ ढुङ्गा बोकेको दुईवटा ट्र्याक्टर जफत गरेको छ। प्राप्त जानकारी अनुसार हिजो नक्सलबारी थाना पुलिसले यहाँको रथखोला मोडमा अभियान चलाएर 2 वटा ढुङ्गा बोकेको ट्र्याक्टर जफत गरेको छ भने पुलिसलाई देखेर चालकले ट्र्याक्टर छोडेर घटनास्थलबाट सुइँकुच्चा ठोकेको थाहा लागेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार अवैध रूपमा ट्र्याक्टरमा ओभरलोडिङ ढुङ्गा बोकेर तस्करी गर्ने उद्देश्यले लगिरहेको गोप्य सुइँको पाएपछि पुलिसले अभियान चलाएर 2 वटा ट्र्याक्टर जफत गरेर नक्सलबारी थानामा लगेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *