नक्सलबारीमा बलुवा-ढुङ्गा बोकेको 2 वटा वाहन जफत

नक्सलबारी : नक्सलबारी पुलिसले अवैध रूपमा बलुवा-ढुङ्गा खनन मामिलामा कार्वाही शुरू गरेको छ। यस मामिलामा पुलिसले दुईवटा वाहन जफत गरेको छ। प्राप्त जानकारी अनुसार नक्सलबारी बजार संलग्न इलाकामा पुलिसले आज बलुवा-ढुङ्गा बोकेर लगिरहेको एउटा डम्पर र ट्र्याक्टरलाई रोकेर वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि दुवै वाहनलाई जफत गरेको छ। स्मरण रहोस्, वर्षाले गर्दा नदीबाट बलुवा-ढुङ्गा खननको काम ठप्प रहेको थियो भने धेरै समयपछि ई- चलानको माध्यमद्वारा खनन कार्य शुरू गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *