नक्सलबारीमा बन्द समर्थकहरूले रोके ट्रेन

नक्सलबारी : श्रमिक संगठनहरूले केन्द्रको भाजपा सरकारको नीतिविरुद्ध लगायत विभिन्न मागहरूलाई लिएर बोलाएको देशव्यापी बन्दको अवधि आज बिहान सीटु-का बन्द समर्थकहरू भारत नेपाल सीमा क्षेत्रमा पर्ने नक्सलबारीमा पार्टीको झण्डा लिएर सडकमा ओर्लिएको देखियो। यसको साथै बन्द समर्थकहरूले नक्सलबारी रेलवे स्टेसन परिसरमा पुगेर रेल रोक्ने प्रयास गर्दा केही समय रेल आवागमनमा बाधा पुग्यो भने प्रदर्शनकारीहरूसँग कतियपय मानिसहरूको भनावैरी भएको पनि देखियो।


बन्द समर्थकहरूले रेलवे स्टेशनको रेलवे ट्र्याकमा खडा भएर ट्रेनलाई रोके। अर्कोतिर नक्सलबारी बजारको अधिकजसो दोकानहरू आज दिउँसो बन्द अवस्थामा रहेको देखियो भने गाडीहरूको चलाचल सामान्य रूपमा भएको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *