नक्सलबारीमा भाजपा-को कर्मी सभा

नक्सलबारी : सिलगढी महकुमा परिषद्को चुनाउ अगावै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई लिएर आज नक्सलबारी मार्केट कम्प्लेक्समा भाजपाद्वारा कर्मी सभाको आयोजना गरियो। सभामा दार्जिलिङका सांसद तथा भाजपा केन्द्रीय पार्टी प्रवक्ता राजु विष्ट विशेष रूपमा उपस्थित थिए। उक्त सभामा तिनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई एकजुट भएर आउँदो महकुमा परिषद चुनाउको तयारीमा लागिपर्ने निर्देश दिए। यस अवसरमा सिलगढीका भाजपा विधायक शङ्कर घोष, भाजपाका उपाध्यक्ष दिलीप बारूई, मनोरञ्जन मण्डल, नान्टु पाल लगायत धेरै संख्यामा नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *