नक्सलबारीमा बाइक र जेसीबी ठोक्किँदा 2 युवक घाइते

नक्सलबारी (निसं): नक्सलबारीमा बाइक र जेसीबी ठोक्किँदा 2 जना युवक घाइते भएका छन्। उक्त घटना गत राति नक्सलबारीको जाबरा इलाकामा घटेको हो। घाइते युवकहरूको नाम सोमेश खालखो र अबलुश बारा बताइएको छ। गत राति नक्सलबारीको जाबरा इलाकामा जेसीबी र बाइक आपस्तमा ठोक्किँदा बाइकमा सवार 2 जना युवक गम्भीर रूपमा घाइते भएका छन्। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर पहिला नक्सलबारी ग्रामीण अस्पताल लगियो। तिनीहरूको अवस्था गम्भीर रहेकोले गर्दा त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदियो। घटनापछि घातक जेसीबीलाई पानीघट्टा आउटपोस्ट पुलिसले जफत गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *