नक्सलबारीमा ब्रिजको रेलिङ भत्किँदा नदीमा खस्यो ट्रक

नक्सलबारी : पुलको रेलिङ भत्किँदा एउटा ट्रक नदीमा खस्दा 2 जना युवक घाइते भएका छन्। उक्त घटना गत अबेर राति नक्सलबारीको अटल मोडको चेङ्गा नदीमा घटेको हो। प्राप्त जानकारी अनुसार गत अबेर राति एउटा ट्रक सिलगढीबाट बिहारतर्फ गइरहेको समय चेङ्गा नदीमाथि पुलको रेलिङ भत्किँदा उक्त ट्रक नदीमा खस्यो। उक्त घटनामा चालक र खलासी घाइते भएका छन् भने तिनीहरू दुवै त्रिपुरा निवासी हुन्। घाइतेहरूलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा भर्ना गरिएको छ। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *