नक्सलबारीमा ब्राउन सुगर सहित 2 युवक पक्राउ

नक्सलबारी (निसं): नक्सलबारीमा 204 ग्राम ब्राउन सुगर सहित 2 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा मोहम्मद असलम र मोहम्मद अजहर सामेल छन्। दुवै नक्सलबारीको तोतारामजोत निवासी हुन्। प्राप्त जानकारी अनुसार नक्सलबारी पुलिसले गोप्य सूचनाको आधरामा नक्सलबारीको लालपुल संलग्न इलाकामा एउटा स्कुटीलाई रोकेर छानबीन गर्दा 204 ग्राम ब्राउन सुगर उद्धार गर्नको साथै घटनामा 2 जना युवकलाई पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *