नक्सलबारीमा ब्राउन शुगर सहित तीन पक्राउ

नक्सलबारी: मादक पदार्थ 281 ग्राम ब्राउन शुगरसहित पुलिसले तीन जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा लोग्ने-स्वास्नी पनि सामेल छन्। पक्रा पर्नेहरूमा रुकसाना खातून (27), फारुक चौधरी (32) र मर्जिना खातून (24) सामेल छन्। गोप्य सूत्रको आधारमा आज नक्सलबारी पुलिसले नक्सलबारीको खालबस्ती इलाकामा अभियान चलाएर 281 ग्राम ब्राउन शुगर तथा ओजन गर्ने मसिन उद्धार गरेको छ। यसको साथै तीन जनालाई पनि पक्राउ गरेको छ। मर्जिना खातून मतिगढा निवासी हुन् भने रुकसाना खातून र फारुक चौधरी खालबस्ती निवासी हुन्। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *